मधेश कांग्रेसको जन्मभूमि हो : गगन

Nepal Cover
१५ माघ २०८२, बुधबार
image

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन् । बुधबार सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । 

‘मधेश काँग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘काँग्रेसलाई बनाएको, काँग्रेसलाई हुर्काएको र काँग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’

उहाँले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताउनुभयो । विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ ।’ 

अरुले के गरे भन्नु भन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो । ‘सिंगो मधेशको सम्मान र अधिकारको सवालमा थुप्रै नयाँ पार्टी आए । कसैलाई केही आरोप लगाउँदिन तर कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्छ’, थापाले भन्नुभयो ।  

सभापति थापाले कांग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट कांग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।