बिरगंज। तराई क्षेत्रभर इतिहास मै नभएको तस्करको धन्धा मौलाएको समाचार जानकारी आएको छ। प्रहरी राजस्वका कर्मचारी मिलाएर जनकपुर देखि सिन्धुलिको बाटो बाट दैनिक करोडौंका सामग्री काठमाडौ भित्रने गरेको तर्फ कसैको ध्यानाकर्षण हुन सकेको छैन तर नियमितरूपमा भन्सार तिरेर स्वभाबिक रुपमा समान ल्याउदा समेत कतिपय व्यावसायि ले अनावश्यक हैरानी खेप्नुपरेको बताइन्छ।
बिरगंज भन्सार कार्यालयमा दुई वर्ष बसेर आएका कर्मचारी प्रमोद पौडेल र खिमलाल अर्यालले राजस्व अनुसन्धान पथलैया आए संगै पछिल्ला दिनमा पथलैया राजस्व कार्यालय तस्करको कब्जामा पुगेको बताइन्छ। भन्सारमा बसेर सबैको नाडी छामेका पौडेल र अर्याल दुई भाइको काम भन्सार एजेन्ट लाई मासिक माग्छ्न र भन्छ्न यो रकम माथी सम्म पुर्याउनु पर्ने भन्दै हरेक व्यावसायि संग असुलेका हुन्छ्न जो रितपुर्वक काम गर्नेले त्यो सर्त मन्जुर नगरे गाडी समातेर महिनौं दुख दिने जरिवाना तिराउने र बिगतको प्रज्ञापनपत्रा हेरेर करोडौं जरिवाना तिराउछौ भन्दै आतंक मच्चाउने खेल कहिलेसम्म चल्ला, प्रश्न उठेको छ। त्यसो त बिभागमा रहेका शाखा अधिकृत शिबचन्द्र पन्तको योजना बमोजिम जय मा पाथीभरा ट्रान्सपोर्ट कम्पनीमा आफनै सेयर राखेर लामो समय धन्धा चलाइरहेका नै छ्न्।
चारवर्ष देखी बिभाग बाहेक कतै टसमस नभएका शाखा अधिकृत पन्तलाई कसैले हल्लाउन नसक्ने भए सगै तस्करी धन्धा जनकपुर ,गौर देखि मलङ्गवा सम्म फैलिएको मात्रै होइन कोरला नाकामा भेप तस्करको निम्ति स्वर्ग बनेको छ।
बिभागमा लामो समय देखी राखिएका शाखा अधिकृत चन्द्र दाहालले बिभागलाई लेनदेनको अखाडा नै बनाएका छ्न्।सुन लगायतका महत्त्वपूर्ण फाइल हेर्ने र दबाबमा पारेर उनले दह्रो रकम झार्ने गरेको समाचार श्रोतको दाबी छ।
कतिपय कर्मचारीले बाहिर बसेका परिवारका खातामा रकम हाल्न लगाउने गरेको सन्दर्भ तर्फ अर्थ मन्त्रालय किन बेखबर बनेको हो सुशासन चाहाने जेन्जी आक्रोशित बनेका देखिन्छन्।
गत भाद्रमा शाखा अधिकृत दाहालको अर्थ मन्त्रालय बजेट महाशाखामा सरुवा भएपनि सो सरुवा बदर गरि पुन राजस्व अनुसन्धान बिभाग मै भित्राउनुको रहस्य यतिबेला बुझिदै छ, बिभाग भित्रका इमान्दार कर्मचारीको भनाइ छ। समाचार श्रोतका अनुसार शाखा अधिकृतदय पन्त र दाहालको आवरणमा लखनउ लुट गराइएको बिभागका एक उपसचिवले सम्पत्ति न्युजलाइ बताए । त्यस्तै सर्लाहीका असुतोष र बिरगंजका तस्कर मदन रुञ्चे सग मासिक १०/ १० लाख लिने गरेका पथलैयाका शाखा अधिकृत पौडेल दिनभर तस्करीका मुख्य मुख्य ब्याक्तित्व भेटने र प्रक्रिया पुर्याएर आउनेलाई तस्कर रुञ्चेको इसारामा दुख दिने गरेको सन्दर्भ भुसोको आगो जस्तैः बन्न पुगेको छ।
प्राप्त जानकारी अनुसार पौडेल भद्रपुर भन्सारमा हुँदा मोबाइलको टेम्पर ग्लास कम मुल्यांकन गराएर सेटिङ गराउदा इटहरी राजस्वले समातेर मुद्दा चल्दा एक वर्ष निलम्बित कर्मचारी यतिबेला पथलैयाका राजस्व हेर्ने कर्मचारी बन्नु बादरलाइ लिस्नु बन्न पुगेको हो।हिजोआज लुकिछिपी ल्याइएका सामान सहजै राजस्व पथलैया पास हुन्छ्न तर भन्सार तिरेर कानुनी रित पुर्याएर ल्याइएका सामाना तस्करको इसारामा पक्राउ पर्ने गर्छ्न भन्दा अपत्यारिलो लाग्न सक्छ तर पथलैया इटहरीको काम नै प्रक्रिया पुर्याएर सामान ल्याउने लाई कस्ने तस्कर सग सेटिङमा बस्ने भए सगै बिभाग नै बदनाम हुन पुगेको बताइएको छ।समाचार श्रोतका अनुसार रन्जित गुप्ताले इन्द्रचोकमा करोडौंका सामान सेटिङ मै भित्र्याउने गरेको समाचार छ। कतिपय व्यावसायिहरु अन्याय भो भनेर जाने ठाउँ समेत नभेटेपछि महानिर्देशक समक्ष जादा त्यो तहबाट हेर्दिनु भन्दा समेत सुनुवाइ नहुने गरेको कतिपय व्यावसायिको गुनासो सहजै सुन्न सकिन्छ।न्युरोडका सुन व्यावसायि आतंकित त भएकै छ्न।सालिमार ज्वेलर्समा राजस्वको छापा हानिएपनी त्यो कागजात मात्रै लगिनु लाई वार्गेनिङ्को छापा भनिएको छ।
राजस्व अर्थ मन्त्रालय मातहत आए सगै वर्षौंदेखि राजस्व अनुसन्धान बिभागमा बसेकाहरूले नयाँ सरुवा गराएर लामो समय देखी सेटिङमै कहिले भन्सार त कहिले राजस्व अनुसन्धान कार्यालय भित्रीएर उघराइरहेको सन्दर्भ कहिले खोजिको बिषय बन्ला नागरिकको प्रश्न छ।
अख्तियारले आफनो स्थापन दिवस मनाइरहदा राजस्वका धमिरालाई पहिचान गरि नियन्त्रणमा लिन सके सुशासनको क्षेत्रमा समेत थप सकारात्मक संदेश जाने विश्लेषण हुन थालेको छ।
ऋषि यादव