श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

Nepal Cover
२१ माघ २०८२, मंगलवार
image

काठमाडौँ । मोरङको रङ्गेली–५, बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका-५, बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५, धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए ।

उनका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।   ‘श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको हो ।’ श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, लामिछानेले प्रशासनलाई भने, ‘घटना बिहान पौने तिन बजेतिरको हो । बाँकी अनुसन्धान भईरहेको छ ।’ 

उनक अनुसार घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेका हुन् ।  ‘उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन,’ उनले भने .

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ ।  घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।