प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

Nepal Cover
२१ माघ २०८२, मंगलवार
image

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सुमन शर्माले यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी सम्हालेका छन् । उनी ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकमा समेत काम गरेको अनुभव राख्छन् ।