नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो : बालेन

Nepal Cover
२१ माघ २०८२, मंगलवार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् ।

मंगलबार झापा ५ का मतदातासँगको भेटघाटमा बोल्दै उनले राज्य कमजोर हुनुको मुख्य कारण जनप्रतिनिधिको तलब नभई व्यापक भ्रष्टाचार रहेको स्पष्ट पारे।

प्रदेश संरचनामा अत्यधिक खर्च हुने भन्ने आरोपलाई अस्वीकार गर्दै बालेनले तलबमा जाने खर्च आफैँमा न्यून रहेको बताए। उनले मन्त्री र सांसदले पाउने पारिश्रमिकले मुलुकको आर्थिक अवस्था बिगारेको भन्ने सोच भ्रममा आधारित रहेको उल्लेख गरे।