घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी, सचिवालय बैठक आह्वान

Nepal Cover
२८ माघ २०८२, मंगलवार
image

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका छन्। 

पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनका अनुसार बैठक दिउँसो ३ बजे सुरु हुनेछ। बैठकमा पार्टी चुनावी तयारी, घोषणापत्र सार्वजनिकलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।

घोषणापत्र तयारी भइसकेको छ। आज बैठक बसेर निर्णय हुन्छ। आजै नभए सम्भवतः भोलि सार्वजनिक गर्छौँ।’