अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल

Nepal Cover
२९ माघ २०८२, बुधबार
image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको हो ।

पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।

पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राई सहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  उनले भदौ २४ गते कारागारबाट भागेका कैदीलाई सुपारी दिएर मार्ने धम्की दिएका थिए।