बालेनले भने- भोट नदिए पनि हुन्छ, कामको सूची दिनुस्

Nepal Cover
६ फाल्गुन २०८२, बुधबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो रास्वपा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। 

बुधबार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । वरिष्ठ नेता साहले आफूहरू भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको दाबी समेत गरेका छन्। उनले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिएका छन् ।

‘बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन यहाँको बाटो किन बनाउने यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने भन्छन्। रास्वपा सरकारमा गयो भने कांग्रेस हिडँने बाटो पनि बनाउछ। एमाले हिँड्ने बाटो पनि बनाउँछ। माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ,’ वरिष्ठ नेता बालेनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिए पनि कामको लिस्ट दिए हुने वरिष्ठ नेता साहको भनाइ थियो ।

वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरूले काम गर्ने समेत बताएका छन् ।