रास्वपा परित्याग गरेकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश

Nepal Cover
६ फाल्गुन २०८२, बुधबार
image

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

रास्वपा परित्याग गर्ने घोषणा गरेकी शर्मा जनकपुरधाममा आयोजित काँग्रेसको सभामा पार्टी प्रवेश गरेकी हुन् ।

पार्टी विधि र विधान विपरीत चलेको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्या गरेको घोषणा गरेकी थिइन् ।

पार्टीमा खटिएका क्षमतावान रास्वपा कार्यकर्ताहरूको मूल्यांकन नभएको आरोप लगाउँदै पार्टी छोडेकी हुन् ।