जापानी खाना “बेन्तो” अब नेपालमै, भाटभटेनीले आजदेखि बिक्रि सुरु गर्यो

  Sampatti News

October 9, 2020

काठमाडौँ । भाटभटेनी सुपरमार्केट र होक्काइदो रामन हाउसले जापानी खाना “बेन्तो” सर्भिसका सम्बन्धमा सहकार्य गरेका छन् । बेन्तो नेपाली बजारमा पहिलो पटक भाटभटेनीबाट चिनाउन पाउँदा खुसि भएको रामन हाउसले जनाएको छ ।

सम्झौता अनुसार जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पारेको बेन्तो भाटभटेनी सुपरमार्केटले बिक्री गर्ने छ । तरकारीहरू आफ्नै बारीमा फलाएको र सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पु¥याइ छानेको हुने हाउसको दावी छ । खाना पनि आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिने जनाएको छ ।

बेन्तोको बिक्रि आजदेखि नै सुरु भएको छ । हाललाइ ५ विभिन्न किसिमका हुनेछन् । र, भाटभटेनी सुपर मार्केटको इतिहास बोकेको पहिलो स्टोर (नक्सा भाटभटेनी) मा उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्ने हाउनले जनाएको छ ।
बेन्तोको सामान्य परिचयः

“बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

प्रकाशित मिति:October 9, 2020