एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

Nepal Cover
७ फाल्गुन २०८२, बिहीबार
image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिन लागेको हो । कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी गराएका छन् । 

एमाले नेतृत्व सरकारले के गऱ्यो ? अब के गर्न चाहन्छ ? लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको एक नेताले जानकारी दिए ।  काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दैछन् । 

यी हुन् एमालेका ५ प्राथमिकता

  • लोकतन्त्र,  संविधान,  कानुनको सर्वोच्चता र सुशासन
  • विकास निर्माण
  • स्वदेशमै पर्याप्त रोजागारी र एक दशकभित्र  समुन्नत राष्ट्र बनाउने
  • मैत्रीपूर्ण विदेश सम्बन्ध
  • सबै नागरिकलाई स्वास्थ्य,  शिक्षा र आवासको ग्यारेन्टी