रास्वपाको चुनावी वाचापत्र सार्वजनिक (पूर्णपाठसहित)

Nepal Cover
७ फाल्गुन २०८२, बिहीबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरेका छन् ।

रास्वपाले आफ्नो वाचा पत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।