विवाहको बाजाले निम्त्यायो विवाद : रौतहटमा कर्फ्यु जारी

Nepal Cover
९ फाल्गुन २०८२, शनिबार
image

रौतहट । दुई समुदायबिच झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ। 

रौतहटको गौर नगरपालिका-६, सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायसँग विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ । विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिन बेलुकी करिब चार दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर सहमति गरेका थिए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिवार बिहानदेखि विवाद सुरु भई झडप भएको थियो। झडप हुँदा ६जना घाइते भएका छन्।

उता प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेको रौतहट जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुप्रदीप बस्यालले बताए।