सुन देखि चाँदिसम्मको मूल्य बढ्यो, हेर्नुस् आजको बजारभाउ

  Sampatti News

October 9, 2020

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । लगातार घटेको सुनको मूल्य शुक्रबार फेरि तोलामा ९ सय रुपैयाँले बढेको छ । आज तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ भएको थियो । बुधबार पुन ८ सय रुपैयाँले घट्दै तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार एक सय ९६ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य एकै दिनमा २५ डलरले बढेको छ । आज सुन प्रतिऔंस १९११ ३२ डलर र चाँदी २४ ३० डलरमा कारोबार भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिहीबार सुन प्रतिऔंस १८८७ ७१ डलर र चाँदी प्रतिऔंस २३ ८४ डलरमा कारोबार भएको थियो ।

प्रकाशित मिति:October 9, 2020