२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

Nepal Cover
२० फाल्गुन २०८२, बुधबार
image

काठमाडौँ । निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढाइनेछ र त्यसको परिणाम पनि यथासक्य छिटो सार्वजनिक गरिनेछ।

आयोगले गरेको यो प्रतिबद्धता कत्तिको कार्यान्वयन हुन्छ भन्ने विषयमा निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रहसमेत गरे।

‘हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ। अधिकांश दुर्गम स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं।

उनले विश्वका प्रजातान्त्रिक मुलुकहरूमा निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थिति अवलोकन गराउने र आवश्यक आतिथ्यता प्रदान गर्ने अभ्यास सामान्य प्रक्रिया भएको समेत उल्लेख गरे।