काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशव्यापी मतदानको प्रारम्भिक आकलन अनुसार करिब ६० प्रतिशत मतदाताले मतदान प्रक्रियामा सहभागिता जनाएको जानकारी दिएका छन्। उनका अनुसार विस्तृत तथ्यांक संकलन गर्ने काम अझै जारी छ।
आयोगले मतदान समग्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो, सोही समयावधिमा देशभरका मतदान केन्द्रहरूमा मतदाताले मतदान गरेका थिए।
