गोरखा १ को पहिलो अपडेटः ४ मतले पछि परे सुधन गुरुङ

Nepal Cover
२४ फाल्गुन २०८२, आईतवार
image

काठमाडौँ । गोरखा–१ मा नेपाली काँग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।