काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ ।
भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालय पुगेका छन्।
सुशीला कार्कीको नेतृत्वमा सरकार बनेपछि गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको म्याद फागुन २४ सम्म रहेकाले उनीहरुले आजै प्रतिवेदन बुझाउन लागेका हुन्। प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएकी छिन्।