रास्वपा वरिष्ठ नेता बालेन साहद्वारा चुनाव खर्च विवरण निर्वाचन आयोगमा पेश

Nepal Cover
२५ फाल्गुन २०८२, सोमबार
image

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

र्वाचन आयोगमा बुझाइएको विवरण अनुसार शाहको कुल चुनावी खर्च १४ लाख १७ हजार २७९ रुपैयाँ भएको देखिएको छ।

खर्च विवरणमा सवारी साधन भाडा, कार्यालय सञ्चालन, प्रचार–प्रसार सामग्री, सभा तथा कार्यक्रम सञ्चालनलगायत शीर्षकमा रकम खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगमा पेश गरिएको उक्त विवरण अनुसार विभिन्न कार्यक्रम सञ्चालन, प्रचार सामग्री छपाइ, कार्यालय व्यवस्थापन तथा अन्य प्रशासनिक कामका लागि उक्त रकम खर्च भएको जनाइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।

यो सँगै उनी भर्खरै सम्पन्न निर्वाचनमा चुनावी खर्च सार्वजनिक गर्ने पहिलो सांसद बनेका छन्।