रौतहट । देशमा चुनावी माहोल छ। चुनावको तयारी र निर्वाचन सकिए सगै मत परिणामको रौनक एकातिर छ अर्कोतिर राजस्वमारा तस्करीमा ब्यस्त भएको समाचार छ।
रौतहट जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट पछिल्लो समय तस्करी तीव्र रूपमा बढेको पाइएको छ।
स्थानीय बासिन्दा तथा स्रोतहरूका अनुसार सुरक्षा निकायको मिलोमतोमा खुलेआम तस्करी भइरहेका कारण राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको छ।
स्रोतका अनुसार रौतहटको जयनगर, घिउरा, महुलिया, बङ्कुल तथा ब्रह्मपुरी बाट मात्रै होइन पर्सा ,बारा र सर्लाहीका विभिन्न क्षेत्र का नाकाबाट ठूलो परिमाणमा सामान अवैध रूपमा काठमाडौ सम्म ओसारपसार हुने गरेको छ।विभिन्न ट्रान्सपोर्ट कम्पनीहरु बिना रोकतोक काठमाडौ सम्म सामान पुर्याइदिदा सम्म सरोकारवाला निकाय किन मौन देखिएका छ्न प्रश्न उठेको छ। प्राप्त जानकारी अनुसार नेपालबाट चिनियाँ मूलका सामान भारततर्फ पठाइने र भारतबाट विभिन्न उपभोग्य तथा साडी कुर्थासुलवार ,हाडवर्यर किराना सामग्री भन्सार नतिरी नेपाल भित्र्याइने काम नियमित रूपमा भइरहेको बताइएको छ।
स्थानीयका अनुसार जयनगर, घिउरा र महुलिया नाकाबाट खुर्सेद आलमको नेतृत्वमा रहेको समूहले कपडादेखि लिएर हार्डवेयर सामग्रीसम्म अवैध रूपमा नेपाल भित्र्याउने गरेको छ। यसरी भित्र्याइने सामानका कारण राज्यको राजस्वमा ठूलो क्षति पुगेको स्थानीयको भनाइ छ।
यस्तै कान्छा र कासिमको समूहले अवैध रूपमा केरा, फलफूल तथा राँगा–भैँसीको सम्म तस्करी गर्ने गरेको बताइएको छ। त्यसैगरी चन्द्रनिगाहपुर का सुनिल जैयसवाल ले तस्करको नेतृत्व गर्दै प्रदेशका डिआइजी सम्म लाई लाइन मिलाएका कारण यो जरो बलियो बन्दै गएको छ।समाचार श्रोतका अनुसार बर्कत र सागिर नामका तस्करले सुर्ती, भिन्डी, कपडा तथा किराना सामग्री नेपाल भित्र्याउने गरेको जानकारी आएको छ।
यसैबीच श्याम सुन्दर नामका अर्को तस्करले कपडा र किराना सामग्रीको अवैध कारोबार गर्ने गरेको बताइएको छ। बङ्कुल नाकाबाट नवल यादवको समूहले ‘सुनदेखि नुनसम्म’का सामान तस्करी गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
रौतहट सदरमुकाम गौरसँगै जोडिएको ब्रह्मपुरी नाकाबाट पनि दैनिक रूपमा गाडीका गाडी सामान भारत पठाउने र भारतबाट नेपाल ल्याउने काम भइरहेको विश्वस्त स्रोतले जनाएको छ। सो नाकाबाट नेपालबाट चिनियाँ काजु, किस्मिस, ओखर तथा मकैको बिउ भारत पठाउने गरिएको बताइन्छ।
स्थानीय बासिन्दाका अनुसार तस्करीमा संलग्न समूहहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीदेखि चौकी इन्चार्ज र जवानसम्मलाई मासिक रकम उपलब्ध गराउने गरेका छन्। यही कारण सीमा क्षेत्रमा तस्करी नियन्त्रण हुन नसकेको उनीहरूको आरोप छ।
स्रोतका अनुसार विगत करिब चार महिनादेखि पर्सा ,सर्लाही र रौतहटका विभिन्न नाकाबाट खुलेआम रूपमा तस्करी भइरहेको छ। देशमा चुनावी माहोल चलिरहेका बेला सुरक्षा निकायको प्रभावकारी निगरानी नहुँदा तस्करी झनै मौलाएको स्थानीयको गुनासो छ।
बिरगंजका नामुद तस्कर मदन रुञ्चे ,रमाशंकर गुप्ता र सर्लाही आसुतोषले बिरगंज क्षेत्रको ठेक्का लिने गरेका छ्न।हाल संगठित रुपमै तस्करी हुन पुगेको छ। बिरगंजमा केही समय पहिले तस्करी गरेर जम्मा गरेर राखिएको सामान बरामद गर्न खोज्दा भिडन्तमा उत्रने मुख्य तस्करले चुनावी माहोलमा आफनो साम्राज्य चलाएको देखिन्छ।
स्थानीयले सीमा क्षेत्रमा कडाइका साथ निगरानी बढाई अवैध कारोबार नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छ्न तर प्रभावकारी परिणाम आएको छैन।।राजस्व अनुसन्धानका अधिकृत शिबचन्द्र पन्तको जयमा ट्रान्सपोर्ट बाट करोडौंका सामान कर्मचारीको आवरणको संरक्षणमा मौलाएको तस्करी धन्धा अर्थ मन्त्रालयको नियन्त्रण भन्दा पुगेको तस्करी धन्धा नियाल्नेहरुको भनाइ छ।उनीहरूले तस्करी नियन्त्रण नभए राज्यलाई ठूलो आर्थिक नोक्सानी हुने र स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिदै राज्यको मौनता रहिरहे युवाहरूले गाडी नियन्त्रणमा लिएर जन कार्वाही गर्ने सम्मका धारणा दिन थालेका छ्न्।