जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nepal Cover
२३ आश्विन २०७७, शुक्रबार
image

पाल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका(४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनुषा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका(६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।