रास्वपाको केन्द्रीय समिति बैठक सुरु

Nepal Cover
७ बैशाख २०८३, सोमबार
image

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टीले विभिन्न संगठनात्मक तथा नीतिगत विषय समेटेर नौ वटा एजेन्डा तय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभएकाे छ ।

बैठकमा छलफलका लागि नौ वटा एजेन्डा तय गरिएको छ। संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा बैठकमा छलफल हुने प्रवक्ता झाले बताउनु भएकाे छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विषयमा पनि छलफल हुने जनाइएको छ। गृहमन्त्री गुरुङको नाम सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषयसँग जोडिएपछि राजनीतिक वृत्तमा चर्चा बढेको छ।

यो प्रकरण सार्वजनिक भएपछि गुरुङले हिजै पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएकाे थियाे। उहाँले आफू छानबिनमा सहयोग गर्न तयार रहेको र पार्टीले गर्ने निर्णय मान्ने प्रतिबद्धता जनाइसकेका छन्।