कक्षा १२ को नतिजा सार्वजनिक 

Nepal Cover
५ असार २०८३, शुक्रबार
image

काठमाडौँ ।काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।