बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ

सम्पत्ती न्यूज
२५ असार २०८३, बिहीबार
image

काठमाडौं । बाल मन्दिरको जग्गासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरिएकाे सीईबीले जनाएकाे छ ।

नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।

मासिक ९ लाख रुपैयाँ भाडा तोकेर बि.सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको अनुसन्धानबाट भेटिएको थियो । बाल सङ्गठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ ।