राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास

सम्पत्ती न्यूज
२५ असार २०८३, बिहीबार
image

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।