वाणिज्य बैंकले भोलीदेखि पिओएसको माध्यामबाट भुक्तानी गर्ने

Nepal Cover
३० आश्विन २०७७, शुक्रबार
image

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवं तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि सो सेवा सुरु गरिएको बाणिज्य बैंकले जनाएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने समेत बैंकले जनाएका छ ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेका छन् ।