थप ३०९३ जनामा संक्रमण पुष्टि

Nepal Cover
४ कार्तिक २०७७, मंगलवार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३९१२९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २१०८ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६६०९ जना पुगेको छ।

आजको पीसीआर १३८६१ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४१७५५ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३५५९ जना र होम आइसोलेसनमा २८१९६ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४२२० जना रहेका छन्। 

आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।