आजदेखि सानिमा जनरलको दोस्रो बजारमा कारोबार खुल्ला

  Sampatti News

November 4, 2020

काठमाडौं । आजबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार दोस्रो बजारमा खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएको हो । शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार दोस्रो बजारमा खुल्ने भएको हो ।

हिजो कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

प्रकाशित मिति:November 4, 2020