बुढानिलकण्ठ मन्दीरको दर्शन् गर्नुहोस्, आज कार्तिक २१ गतेको राशिफल

  Sampatti News

November 6, 2020

वि.सं.२०७७ कार्तिक–२१, शुक्रवार,ई.सं.२०२० नवोम्बर –०६,शक संवत्–१९४२,नेपाल संवत्–११४० कौलागा,प्रमादी,दक्षिणायन,शरद,कार्तिक कृष्णपक्ष तिथि–षष्ठी , २६ः४८ बजे उप्रान्त सप्तमी,नक्षत्र–पुनर्वशु , २८ः५२ बजे उप्रान्त तिष्य,योग–साध्य , २८ः१८ बजे उप्रान्त शुभ,करण
गर १४ः५५ बजेदेखि वणिज , २६ः५४ बजे उप्रान्त वालव,चन्द्रराशि–मिथुन,आनन्दादि योग–लुम्ब, सूर्योदय–०६ः१९, सूर्यास्त–१७ः१४, दिनमान–२७ घडी १९ पला,सर्वार्थसिद्धि योग २६ः५४ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,संकल्प गरेको काम सफल हुनेछ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,शारीरिक मानसिक पिडा बढ्ने छ,
आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,परिवारमा सामान्य विवाद हुनेछ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
परिवारमा सामान्य विवाद हुनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
यात्रा गर्दा विचार पुराउनु होला,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,खानपानमा विचार गर्नु होला,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,संगीतमा मन जानेछ,गोपनीयतामा ख्याल गर्नु होला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,सामान्य चोट पटक लाग्ने योग छ , आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
सहयोगी मित्रहरु बढ्नेछन्,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,मुद्दा मामिला परिनेछ,आफ्नै विवेक ले काम गर्नु होला,दैनिकी कार्य सहज हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
विविध काममा अवरोध आउनेछ,विवादमा परिने छ ,कुरा काट्नेहरु हुनेछन,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,
आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आम्दानी बढ्ने छ,पेट सम्बन्धि समस्या हुनेछ,शत्रुहरु परास्त हुनेछन,भेटघाटमा बेस्ताता भइनेछ,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक ७ रहेको छ ।

प्रकाशित मिति:November 6, 2020