आज पाँच सयले बढेर कारोबार भयो सुन

  Sampatti News

November 8, 2020

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भई एक हजार २७५ पुगेको छ ।

प्रकाशित मिति:November 8, 2020