महालक्ष्मी विकास बैंक लि. र एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. बिच सम्झौता

  Sampatti News

November 9, 2020

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग २०७७ कार्तिक २३ गते आइतबार एक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख श्री पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख श्री अजय यादव ज्यूले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

प्रकाशित मिति:November 9, 2020