November 11, 2020
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।
उनले ताप्लेजुङमा अलैँची उत्पादन बढी हुने भएकाले अलैँची प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्ने पनि बताए । कृषि क्षेत्रमा लाग्न युवाहरु लाग्न आग्रह गर्दै मन्त्री भट्टराईले विदेशमा गएर १८ घण्टा काम गर्नुभन्दा आफनै गाँउघरमा आठ घण्टा काम गर्न सुझाव दिए ।
आठराईको इवादेखि ढुंगेसाघुससम्मको सडकको शिलान्यास भइसकेको र यस सडकले मदन भण्डारी राजमार्ग र तमोर करिडोरमा समेत जोडिने भएकाले अब विकासका पूर्वाधारमा जिल्ला पछि नपर्ने पनि उनले बताए ।
प्रकाशित मिति:November 11, 2020
November 23, 2024