सहसचिव लीलादेवीको बढुवा

Nepal Cover
२७ कार्तिक २०७७, बिहीबार
image

काठमाडौँ । कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव लीलादेवी गड्तौलाको सचिवमा बढुवा भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि कार्तिक २५ गते मङ्गलवार बसेको न्याय सेवा आयोगको बैठकले सहसचिव गड्तौलालाई सचिवमा बढुवासँगै नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।