अवैध लागूऔषध चरेश सहित २ जना पक्राउ

  Sampatti News

November 18, 2020

पर्सा । वीरगंज महानगरपालिका–१६ मितेरीपुल नजिकैबाट ४ किलो ८ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–३ छप्कैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र सोही महानगरपालिका–५ बस्ने २३ वर्षीय धिरज पटेल रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

प्रकाशित मिति:November 18, 2020