काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष विवेक दुगड़को सभापतित्वमा मिति २०७७ साल मंसीर ४ गते बिहिबारका दिन बिहान १०ः३० बजे शुरु भई १२ः३० मा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४÷०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । साथै १० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित संचालक समितिको आजै बसेको १६२ औं बैठकले श्री विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।