पछिल्लो २४ घण्टामा १०२४ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

  Sampatti News

December 5, 2020

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ खा ३९ हजार ८८५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको जम्मा संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ।

प्रकाशित मिति:December 5, 2020