लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  Sampatti News

December 5, 2020

कास्की । लागूऔषध मुद्दाका फरार प्रतिवादी पर्वत कुश्मा नगरपालिका–१ डेरा गरी बस्ने बागलुङ ढोरपाटन घर भएका २४ वर्षीय गोकुल गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०७५ असार २७ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पर्वत कुश्मा नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको फैसलाले १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–३ बस्ने म्याग्दी भकिम्ले नगरपालिका-३ घर भएका २८ वर्षीय गणेश भन्ने खगराज पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति:December 5, 2020