मंगलबार गणेशभगवानको दर्शन् गर्नुहोस्, आज २३ गतेको राशिफल

  Sampatti News

December 8, 2020

वि.सं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–अष्टमी,१७ घडी १० पला,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्र्वाफाल्गुनी,१० घडी ५२ पला,बिहान ११ बजेर ०५ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–प्रिती,४२ घडी ३९ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रँन्त आयुष्मान । करण–कौलव,दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु सँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

प्रकाशित मिति:December 8, 2020