December 9, 2020
काठमाडौँ । १५ र १७ बर्षका किशोरसहित ३ जनाले गरे लोकसेवाको सर्भर ह्याक, पठाए ९ हजार वटा म्यासेज
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले आयोगको सर्भर ह्याक गरेर विशिष्ट व्यक्ति सहित झण्डै ९ हजार जनालाई म्यासेज पठाएको खुलेको छ ।
पक्राउ पर्नेमा पोखराका १७ र १५ बर्षका किशोर र ललितपुर सानागाउँका २५ बर्षका विवेक महर्जन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई साइबर व्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गर्न विशेष अप्रेशन ‘ह्याकर हन्ट’ अपनाउनु परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनूसन्धानका लागि साइबर ब्यूरोले काम गरिहेको बताइएको छ ।
प्रकाशित मिति:December 9, 2020
November 24, 2024