सचिव बढुवाको लागी ३ जनाको नाम सिफारिस

  Sampatti News

December 9, 2020

काठमाडौँ । सचिवमा बढुवाको लागि ३ जनाको नाम सिफरिस भएको छ । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सिँहदरवारमा बसेको समितिको बैठकले प्राविधिक सह सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

आज सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये गेलाल सहरी विकास तथा भवन निर्माण विभाग र शाक्य रेल विभागका महानिर्देशक हुन् भने तिवारी प्रदेश नम्बर ५ स्थित भौतिक पूर्वाधार मन्त्रालयका सचिवको रुपमा कार्यरत छन् । नेतृत्व क्षमता, निर्णायक क्षमता र उपयुक्त लागेको व्यक्तिलाई सरकारले सचिव बनाउने निर्णय गर्न सक्नेछ ।

प्रकाशित मिति:December 9, 2020