थप १२१७ जनामा संक्रमण पुष्टि , १०६४ जना संक्रमण मुक्त

  Sampatti News

December 10, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय १७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। सात हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएो हो ।

योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १२ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६३ जना पुगेको छ।

मन्त्रालयका अनुसार बिहीबार एक हजार ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै दुई लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन्। हाल ५ सय १५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:December 10, 2020