अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस

  Sampatti News

December 20, 2020

काठमाडौँ । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो ।
ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो ।
साथै आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा.जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा.सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति:December 20, 2020