भन्सार छली ल्याएको सामान बरामद

  Sampatti News

December 21, 2020

सुनसरी । सुनसरीको विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च.४३४९ नम्बरको भ्यान सोमबार प्रहरीले बरामद गरेको छ ।
भारतबाट चोरी पैठारी गरी भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त सामान बरामद गरिएको हो । उक्त सामान आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति:December 21, 2020