मृत अवस्थामा फेला

  Sampatti News

December 21, 2020

काठमाडौं । नवलपरासी (पूर्व), बुलिङटार गाउँपालिका–३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका–१६ लामाचौरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका–५ पुरनधारा छहरास्थित पिकनिक गएको अवस्थामा झुलुङगे पुलमा फोटो खिच्ने क्रममा पुलबाट करिब १ सय ५० मिटर तल खसी मृत्यु भएको छ । शनिबार उक्त पुलबाट खसेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर लगिएकोमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति:December 21, 2020