दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा, गौतम र थापा दुवै समुहमा गएनन्

  Sampatti News

December 22, 2020

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलमा जारी छ ।

स्थायी कमिटी बैठक लगत्तै यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।
उता , बालुवाटारमा जारी नेकपा ओली समुहको वैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।
यस्तै दुइ समुहको वैंठक चलिरहदा उपाध्याक्ष वामदेव गौतम तथा गृहमन्त्री समेत रहेका अर्का सचिवालय सदश्य रामवहादुर थापा भने कुनै समुहको वैंठकमा सहभागी भएका छैनन ।

प्रकाशित मिति:December 22, 2020