काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाउने आपराधिक काम छाड्न आग्रह गरेका छन्। बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्। उनले भने, “भीरबाट लड्ने गाईलाई राम राम भन्ने हो काँध थाप्न सकिँदैन। त्यसैले सच्चिएर आउनुस्। एकतावद्ध भएर अगाडि बढौं।”
खनालले ओलीकै कारण मुलुक संकटग्रस्त अवस्थामा पुगेको आरोप पनि लगाए।