विद्यान अनुसार स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका तथा विधिको शासन सुनिश्चितताको प्रतिबद्धता गर्छुः प्रधानन्यायधीश जबरा

  Sampatti News

December 24, 2020

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चिततामा टेकेर अगाडी बढ्ने बताउनु भएको छ ।
बुधवार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा जबराले यस्तो बताउनुभएको हो । उहाँले भन्नु भयो, ‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ ।’

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा कायम राख्न सबैले त्यसै प्रकारको सोच, दृष्टिकोण र व्यवहार गर्नुपर्ने पनि प्रधानन्यायाधीश जबराले बताउनुभयो ।

प्रकाशित मिति:December 24, 2020