ओली पक्षीय नव नियुक्त मन्त्रीको सथप ग्रहणमा सभामुख सापकोटा पुगेपछि…

  Sampatti News

December 26, 2020

काठमाडौँ । सभामुख अग्नि सापकोटा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ आयोजित सपथग्रहण समारोहमा सापकोटा उपस्थित थिए । सपथग्रहण हलमा अचानक सापकोटालाई देखेपछि उपस्थिहरुले कानेखुसी गरेका थिए । आवश्यक परामर्श र सरसल्लाह नगरेको भन्दै पछिल्लो समय सापकोटा लगातार संवैधानिक परिषद बैठकमा अनुपस्थित भएका थिए ।

सापकोटाको अनुपस्थितिलाई लिएर परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली रुष्ट छन् । सापकोटा र प्रमुख विपक्षी काँग्रेस सभापति शेरबहादुर देउवा परिषद बैठकमा अनुपस्थित हुने गरेका कारण १३ वटा संवैधानिक परिषदमा पदाधिकारी र सदस्य नियुक्त गर्न नपाएको भन्दै ओलीले बहुमतले निर्णय गर्न सक्ने गरी परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी गराएका थिए ।

सापकोटाले बुधबार विज्ञप्तिमार्फत संसद विघटनलाई असंवैधानिक भनेका थिए । त्यही झोकमा प्रधानमन्त्री ओलीले बिहीबार एक कार्यक्रममा ‘कानून नजानेका किर्ते सभामुख’ को संज्ञा दिए ।

प्रकाशित मिति:December 26, 2020