December 26, 2020
काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय रहेको छ।
साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ। युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका हुन्।
आगामी दिनमा साईपल क्रियसन मार्फत चलचित्र ,म्युजिक भिडियो ,वृतचित्र एवं विज्ञापनको निर्माण गरिनुको साथै छिट्टै नै प्रोडक्सन हाउस र रेकर्डीङ स्टुडियोको सुरुवात गरिने यसका सञ्चालक समेत रहेका गीतकार दधी अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति:December 26, 2020
April 15, 2025
April 15, 2025