चितुवाको छाला र हड्डीसहित पक्राउ

  Sampatti News

December 26, 2020

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरीलाई कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने गोप्य सूचना आएपछि प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रकाशित मिति:December 26, 2020